जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्