मलको अनुदान कटौती निर्णय फिर्ता लिन नेपाल किसान महासंघको माग



काठमाडौं । रासायिनक मलको अनुदान कटौती गर्ने सरकारी निर्णय फिर्ता लिन माग गर्दै किसान हकहितमा काम गर्ने संस्थाहरु आन्दोलित भएका छन् । सरकारले किसानलाई कृषिबाट पलायन गराउने नियतकासाथ मलको अनुदान कटौती गरेको उनीहरुको आरोप छ ।

बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ र नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संघले तत्काल अनुदान कटौती फिर्ता लिन माग गरेका हुन् ।

अनुदान घटाउँदा बढेको मलको मूल्यले किसानदेखि उपभोक्तासम्मलाई असर पुर्‍याउने उनीहरुको माग छ ।

‘सरकारले कटौती गरेको अनुदानका कारण किसान थप समस्यामा पर्छन्, उत्पादन घट्दा खाद्य सुरक्षामा आँच आउने अवस्था आउने देखिन्छ,’ तीनवटै संगठनले भनेका छन्, ‘तसर्थ सरकारले तत्काल अनुदान कटौतीको निर्णय फिर्ता लियोस् अन्यथा सडक आन्दोलन गर्नु पर्ने अवस्था आउँछ ।’

प्रतिक्रिया दिनुहोस्