परमानन्द झासहित ३ जना नेपालीले पाउने भए अन्तर्राष्ट्रिय अवार्ड



काठमाडौं । डा.एपीजे अब्दुल कलाम फाउन्डेसनले नेपालबाट ३ जनालाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गर्ने भएको छ । ‘डा.एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय अवार्ड, २०२३’ का लागि नेपालबाट नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल र सामाजिक अभियान्ता सावित्री अधिकारीलाई चयन गरिएको लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले अर्थ संसारलाई जानकारी दिइन् ।

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेललाई लगानीकर्ताहरूको हकहितका लागि उनको कृयाकलाप, लेख तथा प्रयास र यसका साथसाथै, उनले गरेका सामाजिक सेवाका गतिविधीहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गरिने भएको उनले बताइन् ।

उक्त अवार्ड यही १८ मार्चमा भारतमा एक कार्यक्रमकाबीच प्रदान गरिने अब्दुल कलाम फाउन्डेसनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्