नेपाल कमर्स क्याम्पसको स्ववियु अध्यक्षमा कृष्ण हुमागाईंको उम्मेदवारी



काठमाडौं । नेपाल कमर्स क्याम्पसमा पहिलो नम्बरमा स्वतन्त्रबाट कृष्ण हुमागाईंले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार बिहान स्नातकोत्तर तहमा अध्ययनरत स्वतन्त्र विद्यार्थी समुहका संयोजक रोहीत पोखरेल प्रस्तावक र लक्ष्मण केसिको समर्थक बसेर स्वतन्त्रबाट कृष्ण हुमागाईंले स्ववियु अध्यक्ष पदका लागि पहिलो नम्बरमा एकल उम्मेदवारी दर्ता गराएका हुन् ।

आन्तरिक विवादपछि रोकिएको मनोनयन दर्ता प्रकृयालाई सुचारु गर्दै आज नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारहरुले आ–आफ्नो उम्मेवारी दर्ता गर्ने क्रम जारी छ ।

लामो समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय हुमागाईंले क्याम्पसको शैक्षिक वातावरण सुधार, अनुशासित शैक्षिक वातावरण निर्माण र शैक्षिक मुद्दाहरुलाई मुख्य एजेण्डा बनाएर आफूले उम्मेवारी दर्ता गराएको जानकारी दिए ।

विगतमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको महत्त्वपूर्ण जिम्मेवारीहरू पूरा गर्दै वर्तमानमा राष्ट्रिय मिडिया प्रमुखको जिम्मेवारी सम्हालेका कृष्ण हुमागाईं विद्यार्थीको हक हितका लागि, विद्यार्थीलाई विभिन्न किसिमको सिपमुलक तालिमहरू संचालन गर्नमा महत्त्वपूर्ण योगदा पुर्याएका छन् ।

२०७६ सालको संघिय नमुना युवा सांसद समेत भईसकेका हुमागाईं विभिन्न अन्तर्राष्ट्रिय युवा सम्मेलन र सेमिनार कार्यक्रमहरूमा सहभागी पनि भइसकेका छन् ।

संचार क्षेत्रमा पनि शैक्षिक विधालाई लिएर मिडियामा सकृय भएका कृष्ण हुमागाईं गुणस्तरीय शिक्षा, रोजगार, संस्कार र सीपयुक्त शिक्षाका लागि प्राज्ञिक व्यक्तित्वहरू र विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूसँग शैक्षिक बहस कार्यक्रमहरू गर्दै आइरहेका छन् भने विभिन्न अनलाइन संचार माध्यम र प्रिन्ट मिडियामा २ दर्जन भन्दाबढी लेखरचनाहरू पनि प्रकाशन गरिसकेका छन् ।

उनलाई स्वतन्त्र विद्यार्थी समूह र नेपाल कमर्स क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरूको राम्रो साथ र सहयोग रहेको बुझिएको छ । स्वतन्त्र विद्यार्थी समुहका संयोजक एवम् सामाजिक अभियानता नेपाल कमर्स क्याम्पसमा राम्रो छाप पार्न सफल विद्यार्थी नेता रोहीत पोखरेलले स्वतन्त्र उम्मेदवारी मात्र नभएर यो अभियान रहेकोले यश अभियानमा सम्पूर्ण बृद्धिजीवि विद्यार्थीहरूको साथ र सहयोग गरने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्