एमाले सचेतकमा महेश बर्तौला



एमालेको सचेतकमा महेश बर्तौला चयन भएका छन्। ३९ वर्षीय बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। पहिलोपटक प्रतिनिधिसभामा सदस्य निर्वाचित भएका बर्तौलालाई महत्वपूर्ण जिम्मेवारी दिईएको छ ।उनलाई एमाले संसदीय दलका नेता केपी ओलीले सचेतकको जिम्मेवारी दिएका हुन्।

संसदीय राजनीतिमा आउनुअघि लामो समय विद्यार्थी राजनीतिमा सक्रिय बर्ताैला अनेरास्ववियुमा उपाध्यक्षसमेत रही केही समय कार्यबाहक अध्यक्ष पनि भएका थिए। विद्यार्थी राजनीतिपछि पार्टी राजनीतिमा सक्रिय भएका उनले बागमती प्रदेशमा रहेका पार्टीको महत्वपूर्ण जिम्मेवारी निभाएका थिए।

प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिमा एमालेबाट सदस्य भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका बर्तौला राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङका प्रतिनिधि बसेका थिए। यस्तै, उनी उपराष्ट्रपतिमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको पनि प्रतिनिधि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्