कपन प्रहरी प्रभाग प्रमुखमा प्रहरी निरीक्षक स्मृति सिलवाल



कपन प्रहरी प्रभागको प्रमुखमा प्रहरी निरीक्षक स्मृति सिलवालले हिजो साँझदेखि जिम्मेवारी सम्हालेकी छन्।

एक कार्यक्रम बीच निवर्तमान प्रमुख कृष्णा बस्याललाई बिदाई गरी सिलवाललाई स्वागत गरिएको थियो। यस अघि कपन प्रहरी प्रमुख रहेकी बस्याल बागमती प्रदेश प्रहरी तालिम केन्द्र ,सिन्धुली सरुवा भएकी छनभने कपन प्रहरी प्रभागको जिम्मेवारी सम्हालेकी सिलवाल नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय रुपन्देहीमा कार्यरत रहेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्