५० अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ५०.०४ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २.५६ प्रतिशतले उकालो लागेको हो ।

बिहीबार ५०.०४ अंकले उकालो लागेर सेयर बजार २००२.७० बिन्दुमा रोकिएको हो । यस्तै, सेन्सेटिभ इन्डेक्सम ९.२७ अकले वृद्धि भइ ३७९.५० बिन्दुमा आएको छ । ४५ लाख ६६ हजार ४३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख बढीको कारोबार भएको छ ।

शिभम् पावर लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीको ९ प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीहरूले सर्वाधिक कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्