प्रशान्ति एकेडेमीको साँस्कृतिक एवम् बिज्ञान प्रदर्शनी सम्पन्न



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ स्थित प्रशान्ति एकेडेमीले ११३ औ अन्तर्राष्ट्रीय श्रमिक महिला दिवसको अवसरमा साँस्कृतिक एवम् विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ ।

विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेका प्रदर्शनीमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुती गर्नुका साथै बिज्ञान प्रदर्शनी र विभिन्न खानाका परिकारहरु सहितका स्टलहरु राखेका थिए ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मुरारी भण्डारीको अध्यक्षतामा सम्पन्न  कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रणकुमारी बलम्पाकी मगर रहेकी थिइन् भने अतिथिहरुमा बूनपा वडा नं ९ वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिती संयोजक शान्ता ढकाल पुडासैनी र समाजसेवी एन्जिला न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्