राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा



काठमाडौं । राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय संसद्का तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्