राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राप्रपाको बैठक सुरु



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसेको हो ।

समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रपति निर्वाचनका विषयमा बैठक केन्द्रित रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपतिको निर्वाचन बिहीबार (भोलि) हुँदै छ । राप्रपाले राष्ट्रपतिमा कसलाई भोट दिने भन्ने बारे निर्णय गरेको छैन । पार्टीभित्र राष्ट्रपतिमा भोट नै हाल्नु हुँदैन भन्ने आवाज पनि उठाइएको नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्