सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्