उत्कृष्ट प्रशिक्षकको अवार्ड अलमुताईरीलाई



काठमाडौं । फुटबलका अब्दुल्लाह अलमुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट प्रशिक्षकको अवार्ड अलमुताइरीले पाएका हुन् ।

अवार्डका लागि अलमुताइरीसँगै, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए ।

उनीहरुलाई पछि पार्दै अवार्ड जितेका अलमुताइरले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक रहँदा विवादै विवादमा परे पनि अलमुताइरीले नेपाललाई पहिलो पटक एसियन कप छनोटको तेश्रो चरणसम्म पुर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्