
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।
नेता खनालको निवास डल्लुमा सोमबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको पौडेलेको सचिवालयले जनाएको छ ।
आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिबारेमा छलफल भएको पौडेलको सचिवालयको भनाइ छ ।





