मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने एमाले संसदीय दलको निर्णय



कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने सुदूरपश्चिम एमाले संसदीय दलले निर्णय गरेको छ ।

संसदीय दलको कार्यालयमा सबेको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।

उनका अनुसार एमालेले शाहलाई विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

२६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज विश्वासको मत लिँदै छन् । आज माओवादी र कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्