किर्तिपुर उठाउने नेकपा एमालेको मिसन ग्रासरुट



काठमाडौं । २०७४ को स्थानीय निर्वाचनमा करिव दुई तिहाई बहुमत भएको नेकपा एमाले २०७९ को निर्वाचनमा आईपुग्दा करिव शुन्यमा झर्न पुगेको छ ।

पार्टीभित्रको अन्तरद्वन्द मात्र होइन पार्टी नेताहरु सत्तामा रहँदा जनता र कार्यकर्ताप्रति गरेको व्यवहारले प्रमुख, उपप्रमुखसहित बहुसंख्यक वडाहरु जितेको नेकपा एमाले एक दलित महिला सदस्य र एक महिला सदस्यमा खुम्चिन पुगेको छ ।

दश वटा वडामा समेटिएको किर्तिपूर नगरपालिकाका अधिकांश कमिटीहरु मृत प्राय अवस्थामा छन् । एक दुई वटा छोडेर अधिकांश वडा कमिटीका पदाधिकारीहरु पार्टीको नियमित बैठकमा समेत सहभागी हुदैनन् ।

पार्टी भित्रको अन्तरद्वन्द समाधान गरी गतिशिल नेतृत्व निर्माण गर्न सक्ने हो भने किर्तीपूरका सबै वडाहरु नेकपा एमालेले एकलौटी रुपमा जित्न सक्ने नगरकमिटीका पदाधिकारीहरुको दावी रहेको छ ।

नेकपा एमालेको मिसन ग्रासरुट अभियानको तयारी बैठक बागमती प्रदेश कमिटी सदस्य ओम थपलियाको प्रमुख आतिथ्यतामा किर्तिपुर नगरपालिका नगर कमिटीको बैठक २०७९ फागुन ११ र १४ गते बाघभैरव पार्टी प्यालेसमा सम्पन्न भएको छ । तयारी बैठकमा प्रदेश कमिटी सदस्यहरु मुुरारीप्रसाद भण्डारी, सीता ढकाल, जिल्ला कमिटी उपसचिव तेज ढकाल, सरिता दाहाल लगायतले पार्टी संगठन सुदृढीकरणको बारेमा आफ्नो धारणा राखेका थिए ।

नगर कमिटी अध्यक्ष राधेश्याम बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले मिसन ग्रासरुट अभियान वडा तथा टोल टोलमा फागुन २५ भित्र भेला बोलाउने निर्णय  भएबमोजिम फागुन १५ गते सबै वडाको इन्चार्जको उपस्थितिमा बैठक बसी वडा भेला बोलाउने निर्णय गरिएको छ ।

बैठकको निर्णय अनुसार
किर्तिपुर नगरपालिका वडा नं. १ र २ को बैठक १७ र १८ गते, वडा नं. ३ र ४ को १८ गते, ५र ६ को १९ गते, ७ र ८ को २४ गते, ९ र १० को २३ गते ।

औचित्य र अभियानको स्वरुपको बारेमा प्रकाश पार्दै नेकपा एमालेलाई किर्तिपुर नगरपालिकामा नं. १ शक्तिको रुपमा स्थापित गराउने र जनताको आफ्नो रोजाईको पार्टी एमाले नै हो भन्ने बनाई जाने निर्णय गरिदै नेता कार्यकर्तालाई प्रशिक्षित गराउने र जनतामा सकारात्मक सन्देश जानेगरी नेता कार्यकर्ताले मेहनत गर्नुपर्ने धारणा अभियानमा खटिएका  प्रदेस कमिटी सदस्य नेता मुरारी प्रसाद भण्डारीले परिवर्तन खबरलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्