एन्फा सहायक महासचिवमा बद्रि भट्टराई नियुक्त



काठमाडौं । नेपाली काँग्रेसका युवा नेता बद्रि भट्टराई नेपाली फुटबलकाे सर्वाेच्च संस्था एन्फाकाे सहायक महासचिवमा नियुक्त भएका छन् ।

नेपाली खेलकुद क्षेत्रमा लामाे समयदेखि सक्रिय रहेका भट्टराई नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ४ सचिव हुन् । बाल्यकालदेखि नै फुटबल खेलाडि रहेका उनी बिभिन्न खेलकुदसँग सम्बन्धित संघसंस्थामा सक्रिय छन् । काठमाडाैँ जिल्ला खेलकुद विकास समितिदेखि नेपाल ह्यान्डबल एसाेसियसनसम्म उनले पदाधिकारी बनेर काम गरेका छन् ।

एन्फाका बिभिन्न गतिबिधिमा पछिल्ला आधा दशकदेखि सक्रिय रहेका भट्टराइलाई एन्फा पदाधिकारीमा अधिवेशनमै नियुक्त हुने अपेक्षा गरिए पनि प्राबिधिक कारणले ढिलाे भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्