मिडिया साझेदारीका लागि बाल उद्धार माविले जारी गर्‍यो सूचना



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मिलनचोकस्थित बाल उद्धार माध्यमिक विद्यालयले छापा तथा डिजिटल संचार माध्यमहरुलाई साझेदारीका लागि सूचना आव्हान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार साझेदार हुन इच्छुक संचार माध्यमहरुले विद्यालयले उपलब्ध गराएका भर्ना सम्बन्धि विज्ञापन, विद्यालयका गतिविधि, विद्यार्थी तथा शिक्षकका लेख/रचनाहरु नियमित र निःशुल्क रुपमा प्रकाशन गर्नुपर्ने शर्त सहित इच्छुक संचार माध्यमहरुलाई मिडिया साझेदारीका लागि सूचना जारी गरेको हो ।

विद्यालयले शुल्क तिरेर आफ्नो विज्ञापन, प्रचारप्रसार वा प्रमोशन गर्ने अवस्था नरहेकोले विद्यालयका विभिन्न प्रकाशनहरु जस्तै वेभसाईट, मासिक बुलेटिन, वार्षिक प्रकाशनहरुमा विद्यालयले साझेदार संचार माध्यमहरुको लोगो तथा विवरण प्रकाशन गर्नुका साथै संचार माध्यमको आवश्यकता अनुसार विद्यालयको शैक्षिक गतिविधिमा असर नपर्ने गरी विद्यालयको सभाहल निःशुल्क रुपमा प्रयोग गर्न दिइने व्यहोरा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्