राष्ट्रपति निर्वाचनका मतदाता नामावली सार्वजनिक



काठमाडौं । राष्ट्रपति निर्वाचनअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको हो ।

जसअनुसार प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ जना मतदाता रहेका छन् । प्रारम्भिक नामावलीमा कैलाली २ बाट निर्वाचित सांसद अरुण कुमार चौधरीको नाम समावेश थिएन ।

दाबी विरोधमा उजुरी दिएपछि उनको नाम समावेश भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्