५७ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूको लाभांशमा कडाइ गर्दै निर्देशन जारी गरेपछि त्यसको असरमा सेयर बजार मापक नेप्से परिसूचकमा परेको छ ।

राष्ट्र बैंकले बुधबार लघुवित्त संस्थाहरूलाई लाभांशमा कडाइ गरेको थियो । लघुवित्त संस्थाहरूलाई १५ प्रतिशत मात्र लाभांश वितरण निर्देशन जारी गरिएको थियो ।

त्यसको असर बिहीबार समग्र सेयर बजारमा परेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५७.७४ अंकले घटेको छ । नेप्से परिसूचक २.७८ प्रतिशतले घटेर २०२२.६४ को विन्दुमा झरेको छ ।

यस दिन ३७ लघुवित्त संस्थाको सेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेर बन्द भएको छ । सबै लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ ।

१३ उपसमूहमध्ये सबैको समूहगत परिसूचक पनि ओरालो लागेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ९.५४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्