सुर्खेतमा प्रहरी जवानद्वारा गोली हानी आत्महत्या



काठमाडौं । कर्णाली प्रदेशमा एक प्रहरी जवानले आत्महत्या गरेका छन् । सुर्खेतमा गएराति ड्युटी बसिरहेको समयमा प्रहरी जवानले आफैँले कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् ।

दार्चुलाको अपी नगरपालिका–६ का २६ वर्षीय कविन्द्र बिकले आत्महत्या गरेका हुन् ।

“आफैँले बोकेको राइफलबाट दाहिने साइडको कन्चटमा गोली हानी आत्महत्या गरेको विवरण आएको छ,” जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारीले भने, “आत्महत्याको कारण अहिलेसम्म पत्ता लागेको छैन । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।”

प्रतिक्रिया दिनुहोस्