पोखरामा विष्फोटक पदार्थ पड्किँदा २ बालक घाइते



पोखरा । पोखरामा विष्फोटक पदार्थ पड्किँदा २ बालक घाइते भएको पाइएको छ ।

घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ छन् । घटना हिजो मंगलबार भएको भए पनि आज बुधबार मात्र सार्वजनिक भएको हो ।

घाइते बालकको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्