मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु



सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–१ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुबोध मुखीयाकी ७ वर्षीया छोरी नैना कुमारी रहेकी छन्। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो। को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो।

प्रतिक्रिया दिनुहोस्