सांसद भण्डारीलाई उपचारको लागि भारत लगियो



काठमाडौं । ग्यास सिलिन्डर पड्केर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

श्री एयरलाइन्सको विमानमार्फत उनलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बई लगिएको हो ।

चिकित्सकले नेता भण्डारीलाई सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएपछि उनलाई भारतको मुम्बई लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्