
दाङ । दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही महानगरपालिकाका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर– १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।
बिहीबार बिहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक हुँदा सिलिण्डर पड्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षकले जानकारी दिए ।





