
काठमाडौँ । नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । बुधबार राति एलपीजी ग्यास सिलिन्डर विस्फोटबाट उनि घाइते भएका हुन् ।
श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका एक युवा नेताले जानकारी दिए ।
उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो ।
निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ ।





