गाडीमा आगजनी गर्ने र मोबाइल लुट्नेलाई छाड्दैनौैँ : प्रहरी



काठमाडौं । काठमाडौंको गोंगबुमा प्रहरीको गाडीमा आगजनी गर्ने र मोबाइल पसलमा लुटपाट गर्नेलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका कार्यालयका प्रमुख एवं एआईजी दिवेश लोहनीले घटनामा संलग्नहरूको खोजीकार्य जारी रहेको बताएका छन् ।

गएको सोमबार सार्वजनिक यातायातसम्बद्ध तीन संगठनको अगुवाइमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारीले प्रहरीका दुई गाडीमा आगजनी गरेका थिए । ल्होत्से बहुउद्देश्यीय प्रालिको भवनमा तोडफोड गरेर मोबाइल लुटपाट समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्