कालीगण्डकीमा बस खस्यो, १७ जना घाइते



काठमाडौं । मुस्ताङको जोमसोमदेखि पोखराका लागि छुटेको यात्रीवहाक बस कालीगण्डकी नदीमा खसेको छ ।

थासाङ गाउँपालिका–३ स्थित कालीगण्डकीमा बस खस्दा १७ जना घाइते भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपीका अनुसार ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार १७ जना घाइते भएका हुन् ।

उनीहरू सबैको उद्धार गरिएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको एसएसपीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्