घट्यो सुन चाँदीको मूल्य



काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला दुई सय रुपैयाँ नै घटेको हो।

त्यस्तै आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्