इन्टरनेट एक्सप्लोरर आजदेखि सधैका लागि बन्द



काठमाडौं । माइक्रोसफ्टले आफ्नो सबैभन्दा पूरानो इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोरर आजदेखि सधैका लागि बन्द गरेको छ ।

केही अगाडि देखि नै सेक्योरिटी सपोर्ट दिन छाडेको इन्टरनेट एक्सप्लोररलाई अन्ततः बन्द गरेको हो । माइक्रोसफ्टले आफ्नो विन्डोज १० अपरेटिङ सिस्टमबाट सफ्टवेयर अपडेटका माध्यमबाट इन्टरनेट एक्सप्लोररलाई स्थायी रुपमै निस्क्रिय बनाएको हो ।

यो सँगै विन्डोज १० वाला अपरेटिङ सिस्टमवाला सबै ल्यापटाप तथा कम्प्युटरमा इन्टरनेट एक्सप्लोररको प्रयोग गर्न सकिने छैन ।

प्रतिक्रिया दिनुहोस्