
काठमाडौं । सेयर बजार मंगलबार राताम्मै भएर छ । मंगलबार नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५ विन्दुमा पुगेको छ । यसअघि आइतबार सेयर बजार ६०.८८ अंकले घटेको थियो ।
मंगलबार सबै समूहको सेयर घटेर बजार राताम्मै भएका छ । निर्माण र प्रशोधनमा भने झिनो प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयरको कारोबार हुँदा एक अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ । सबैभन्दा धेरै हिमालय डिस्टिलरी कम्पनीको ७ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको हो।





