
काठमाडौं । सार्वजनिक यातायातसम्बद्ध मजदुर संगठनले आन्दोलन फिर्ता लिएपछि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सुचारु भएका छन् ।
सोमबार बेलुकादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन सुचारु भएका हुन् ।
आज बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वार्ता बोलाएका थिए ।
वार्ताका क्रममा मन्त्री श्रेष्ठले व्यवसायीका मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिएका थिए ।
सोमबार बालाजु बसपार्कमा प्रहरी र मजदुरबीच भएको झडपका क्रममा प्रहरीका गाडी आगजनी, लोत्से बहुउदेश्यीय प्रालिमा तोडफोड भएको थियो ।





