घट्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्ययसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलाको एक लाख तीन हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन सोमबार उक्त सुन तोलामा एक लाख चार हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख तीन हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी नेपाली बजारमा एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्