सोमबारको घटनाको जिम्मेवारी ल्होत्सेले लिनुपर्छ : यातायात मजदुर



काठमाडौं । सार्वजनिक यातायातसम्बद्ध तीन मजदुर संगठनले सोमबारको घटनाको जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय कम्पनीले लिनुपर्ने जनाएका छन् ।

मंगलबार बिहान उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको वार्ताका क्रममा मजदुर संगठनका पदाधिकारीले ल्होत्सेलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

ल्होत्से भवनमा लुटपाट गर्ने यातायात मजदुर नभई ल्होत्सेकै ‘गुन्डा’हरू रहेको व्यवसायीको जिकिर छ ।

व्यवसायीले सोमबारको घटनाबारे निष्पक्ष छानबिन गरी कारबाहीको माग समेत गरेका छन् ।

सोमबार प्रदर्शनका क्रममा गोंगबु, नयाँ बसपार्क क्षेत्रमा तोडफोड र प्रहरीका गाडीमा आगजनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्