
काठमाडौं । ट्राफिक नियमविरुद्ध आन्दोलनरत यातायात क्षेत्रका मजदुरहरूले काठमाडौंको बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् ।
उनीहरूले यात्रु बोकेका बसहरूलाई बिच सडकमै रोकेर सडक अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।
उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टले सवारी व्यवस्थापनको विषयलाई लिएर यातायात मजदुर आन्दोलित बनेको जानकारी पाएको बताए ।





