ज्ञानेन्द्र र पारसलाई सँगै राखेर दुर्गा प्रसाईंले सुरू गरे नागरिक बचाउ महाअभियान



काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर नागरिक बचाउ महाअभियान सुरू गरेका छन् ।

काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो राजपरिवारका अन्य सदस्यहरूको पनि उपस्थितिमा प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका हुन्।

उक्त अभियान पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटन गरेर पूर्वराजा शाह दमकस्थित चिया बगान फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्