मेसीले गरे टर्की र सिरियाका भूकम्प पीडितलाई ३५ लाख युरो सहयोग



काठमाडौं । विश्व च्याम्पियन कप्तान लियोनल मेसीले टर्की र सिरियाका भूकम्प पीडितका लागि ३५ लाख युरो सहयोग गरेका छन् ।

फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड अर्जेन्टिनी खेलाडी मेसीले सामाजिक सञ्जालमार्फत आफ्ना फलोअर्सलाई टर्की भूकम्पपीडित बालबालिकाका लागि युनिसेफलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, टर्की र सिरियामा विनाशकारी भूकम्पबाट प्रभावित हजारौं बालबालिका र उनीहरूका परिवारहरूका लागि यो अत्यन्तै दुःखद दिनहरू छन्,’ ‘मेरो हृदय उनीहरूप्रति जान्छ । बालबालिकाको सुरक्षाको लागि सुरुदेखि युनिसेफले यस क्षेत्रमा काम गरिरहेको छ। तपाईँको सहयोग यसमा धेरै मूल्यवान हुनेछ।’

प्रतिक्रिया दिनुहोस्