
काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्पपीडितका लागि राहत सामग्री पठाएको छ । पहिलो चरणअन्तर्गत २२ टनभन्दा बढी राहत सामग्री आज दिउँसो टर्की पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सरकारले टर्किस एयरलाइन्समार्फत पठाएको राहत सामग्रीमा औषधि, मेडिकल उपकरण, न्यानो कपडालगायत अन्य अत्यावश्यक सामग्री समावेश छन्।
गत सोमबार आएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा गरी ३३ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् भने हजारौँ घाइते र घरबारविहीन भएका छन्।





