उपचार सेवाको माग गर्दै बिरामीहरुले गरे वीर अस्पताल अगाडि प्रदर्शन



काठमाडौं । उपचार सेवाको माग गर्दै बिरामीहरुले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनको कारण केहीसमय यातायात सेवा प्रभावित भएको थियो ।

सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले अहिले भने हटाएको छ ।

नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् । वीर अस्पतालमा आज बिहान पुगेका धेरै बिरामीहरु अलमलमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्