हिन्दु आर्थिक मञ्च नेपालको बिजनेश मिट २०२३ सम्पन्न



विश्व हिन्दु आर्थिक मञ्चका संस्थापक तथा अन्तराष्ट्रिय अध्यक्ष  स्वामी श्री विज्ञानन्दको प्रमुख आथित्यतामा एक दिवसीय हिन्दु बिजनेश मिट २०२३ काठमाडौंमा सम्पन्न भएको छ।

संसारका सबै मानिस आर्थिक रुपमा अगाडि बढ्नुपर्छ र सबैजना साझेदारीका हकदार हुन भन्ने दृष्टिकोणले स्थापना भएको विश्व हिन्दु आर्थिक मञ्चको स्थापना भएको र ४ वर्ष अगाडिदेखि नेपालमा क्रियाशील रहेको हिन्दु आर्थिक मञ्च नेपालका अध्यक्ष प्रदीप कुमार बैधले बताए।

हिन्दू समाजभित्रका उद्योगपति, उद्यमशील व्यक्ति, वित्तीय संस्थासँग आवद्ध व्यक्तिहरु, लगानीकर्ता, प्राविधिकहरु, अर्थविद्, शिक्षा क्षेत्रमा सङ्लग्न व्यक्तिहरु र हिन्दू समुदायका शुभचिन्तकहरु बीच द्रुतगतिमा स्वयं संगठित  प्रणालीबाट आर्थिक उन्नति र सफलता हासिल गर्न मद्दत पुर्याउने उद्देश्यले आर्थिक मञ्चको स्थापना गरिएको संस्थाका उपाध्यक्ष वासुदेव गौतमले परिवर्तन खबरलाई बताए।

वेदका वाणीहरुबाट प्रेरित हाम्रा पूर्वजहरुले ज्ञानको प्रवाहका साथै आर्थिक रूपमा सम्पन्नता सहितको सामन्जस्यपूर्ण समाजको सिर्जना गरेको उल्लेख गर्दै हिन्दु समाजले पहिलो शताब्दीदेखि पन्ध्रौँ शताब्दीसम्म विश्वको ३३% आर्थिक हिस्सा ओगटेको अन्तराष्ट्रिय अध्यक्ष स्वामी श्री विज्ञानन्दले बताए।

विगतमा हिन्दु समाज एकआपसमा अभिन्न तबरले जोडिएर बसेका हुन्थे जसको कारणले स्वय सङगठित सामाजिक प्रणालीले अप्रतिबन्धित तबरले ज्ञान सहित आर्थिक विकासको उपयोगले आफूलाई किसिमको उदाहरण समाजको नमुना बिस्वमा मान्य देखिन्छ।

कार्यक्रममा नेपालको हाईड्रोपावरको उत्पादनले नेपालको आर्थिक विकासमा टेवा पुग्ने र भारतसँगको व्यापार घाटा कम हुने विषयमा पेपर प्रस्तुत गरिएको थियो। सोहि कार्यक्रममा राष्ट्रबैकका पूर्व गर्भनर डा. चिरन्जीवी नेपाल, एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तो, पूर्व अध्यक्ष भवन भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरु, प्रतिष्ठित उधोगपतिहरु, सहकारीकर्मीहरु, शिक्षा क्षेत्रका हस्तीहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्