बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य बिहीबार प्रतितोला एक सय रुपैयाँले बढेको हो। यसअघि बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, बिहिबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्