भवानीप्रसाद पौडेलको अध्यक्षतामा तदर्थ समिति गठन



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भवानीप्रसाद पौडेलको अध्यक्षतामा नेपाल डोरीतान संघ केन्द्रीय कार्य समितिको तदर्थ समिति मंगलबार गठन गरेको छ । पौडेलको अध्यक्षतमा १३ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको हो ।

उपाध्यक्षमा सूर्यबहादुर भट्टराई,, सुवास पोखरेल, भुवनलाल श्रेष्ठ, राजकुमार आचार्य र केशवराज गौतम, महासचिवमा शैलेज नेपाल, सचिवमा विमल पौडेल र कोषाध्यक्षमा शिव शैंजु रहेका छन् । सदस्यमा मिनराज बेलवासे, अभिलाशा पन्थ, केशव ओली र सुनिता थापा छन् ।

उहीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्लले मंगलबारै पत्र हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्