काष्ठमण्डप र एक्सेल्सियर सेमिफाइनलमा



काठमाडौं । काष्ठमण्डप र आयोजक द एक्सेल्सियर स्कुलको रातो टिम नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

काष्ठमण्डपले स्वस्तिश्रीलाई ५–० गोलले पराजित ग¥यो । विजेताका सहज ढकालले ४ तथा सुप्रिम बोहराले १ गोल गरे । एक्सेल्सियर रातोले आफ्नै पहेलो टोलीलाई १–० गोलले हरायो । साहिलराज थापाले निर्णायक गोल गरे ।

सोही स्पर्धामा रेडिअन्ट पब्लिक र संस्कृति पनि सेमिफाइनलमा पुगे । रेडिअन्टले बृहस्पति विद्या सदनलाई २–० गोलले पाखा लगायो । रेडिअन्टका साम्देन लामा र प्रवेशले १–१ गोल गरे । संस्कृतिले रिब्समाथि २–० को जित आत्मासात् ग¥यो । संस्कृतिका सहज भण्डारीले दुवै गोल गरे ।

यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्ड, श्री सञ्जय साइ, न्यु इरा र हार्टल्यान्ड एकेडेमीले सेमिफाइनलमा स्थान बनाए ।

ग्रिनफिल्डले एलआरआईलाई ६–० ले पाखा लगायो । ग्रिनफिल्डका आयुश दुतराजले ३, धर्विन्द्र बोहराले २ र सम्राट खड्काले १ गोल गरे । श्री सञ्जय साइले होली भिजनलाई ४–३ ले पन्छायो ।

विजेताका प्रयास घिमिरेले २ तथा उन्नत थापा र उज्ज्वलराज कपालीले १–१ गोल गरे । न्यु इराले एनआईसी एकेडेमीलाई ३–२ गोलले निराश पा¥यो । न्यु इराका विक्रान्त खतिवडाले ह्याट्रिक गरे । एनआईसीका स्लोक पौडेल एक गोल फर्काए भने एक गोल आत्माघाती रह्यो । हार्टल्यान्डले एक्सेल्सियरमाथि ७–० को आरामदायी जित निकाल्यो । विजेताका प्रशान्त धामीले ह्याट्रिक गरे भने करण लामा र अनिश पुजाराले २–२ गोल थपे ।

बास्केटबल :
गल्र्स बास्केटबलमा संस्कृतिले एक्सेल्सियरलाई १९–६, रेडिअन्ट पब्लिकले द चाँदबाग स्कुललाई २०–८ र रातो बंगलाले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई २७–४ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । संस्कृतिकी निशि महतले ६, रेडिअन्टकी रिजा मोक्तानले ६ र रातो बंगलाकी अन्शु उरावले १७ स्कोर गरे ।

सिनियर ब्वाइज बास्केटबलमा जेनिथले रातो बंगलालाई ४०–१३ तथा एमआईएसले पिपल्स एकेडेमीलाई ३४–२३ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे । जेनिथका सुशिल शाहीले १५ तथा एमआईएसका आयुश राईले २३ अंक जोडे ।

प्रतिक्रिया दिनुहोस्