एनएसएसको उपाधि राजर्शी गुरुकुललाई



काठमाडौं । राजर्शी गुरुकुलले नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) उपत्यकाब्यापी अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइलन खेलमा एभरेस्ट पब्लिक एकेडेमीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै राजर्शीले ३०औं एनएसएसको उपाधि जितेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा राजर्शी ५–४ ले विजयी भयो । प्रतियोगितामा विद्या सस्कृति स्कुल तेस्रो भयो ।

यसैगरी बास्केटबलतर्फको उपाधि बौद्ध एकेडेमी र भ्याली पब्लिक स्कुलले जितेका छन् । पुरुषतर्फ बौद्धले भ्याली पब्लिकलाई हरायो । सेन्ट जेभियर स्कुलले तेस्रो स्थान प्राप्त ग¥यो ।

महिलातर्फको खेलमा भ्याली पब्लिक स्कुलले उपाधि जित्यो । भ्यालीले दिक्षालय स्कुललाई हरायो । संस्कृती अन्तर्राष्ट्रिय स्कुलले तेस्रो स्थान हासिल गरेको छ ।

विजेतालाई एनएसएसका संस्थापक प्रिन्सिपल डा.माधव प्रसाद बराल, प्रतियोगिताका संयोजक प्रभात रिसाल लगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितामा फुटबलतर्फ १२ र भलिबलतर्फ ११ टोलीको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्