एक्सेल्सियर क्वाटरफाइनलमा



काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल नवौं एक्सेल्सियर कपअन्तर्गत गल्र्स बास्केटबलमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पाठशाला नेपाललाई ९–३ ले पराजित ग¥यो । एक्सेल्सियरकी डोमा छिरिङ गुरुङले ७ स्कोर गरिन् ।

सिनियर गल्र्समै मोर्डन इन्डियन स्कुल (एमआईएस) र रातो बंगला पनि क्वाटरफाइनलमा पुगे । एमआईएसले क्लिनटनलाई १७–६ तथा रातो बंगलाले स्वर्णिमलाई १७–१० ले हराए । एमआईएसकी अन्समा तुलाचन तथा रातो बंगलाकी अन्शु उरावले समान ८–८ अंक जोडे ।

सिनियर ब्वाइज बास्केटबलमा पिपुल्स एकेडेमी, एमआईएस र नेपालयले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

पिपुल्सले स्वर्णिमलाई २४–२१, एमआईएसले एक्सेल्सियरलाई ४१–१८ र नेपालयले एलआरआईलाई ४३–१८ ले पाखा लगाए । पिपुल्सका राकेश भुजेलले १४, एमआईएस आयुश राईले १८ र नेपालयका विजेन थापा मगरले २२ अंक बटुले ।

फुटबल ः
यु–१२ ब्वाइजमा बृहस्पति विद्या सदनले एक्सेल्सियरलाई ४–० र रिब्सलाई ५–१, लोयल्टी एकेडेमीले द चाँदबाग स्कुललाई ७–१, श्री सञ्जय साइले ओराकललाई १–० तथा काष्ठमण्डपले श्री सञ्जय साइलाई ८–० गोलअन्तरले पराजित गरे । एक्सेल्सियर ‘नीलो’ र रिब्सले १–१ को बराबरी खेले ।

यु–१६ ब्वाइजमा एक्सेल्सियरले रिब्स ‘बी’ लाई ४–१, रिब्स ‘बी’ ले लोयल्टीलाई ७–१ र लोयल्टीले श्री सञ्जय साइलाई ३–० ले हराए । एक्सेल्सियर र श्री सञ्जय साइले गोलरहित बराबरीमा खेल टुंगाए ।

छत्तीस लाख २० हजार पुरस्कार खेलाडीको खातामा राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार मध्ये ३६ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा पठाएको छ ।

व्यक्तिगततर्फ ३ सय ४ स्वर्ण पदक विजेतालाई २५ हजारका दरले जम्मा ७६ लाख तथा समूहगततर्फ ५ सय ३६ स्वर्ण पदक विजेतालाई १५ हजारका दरले जम्मा ८० लाख ४० हजार गरी जम्मा १ करोड ५६ लाख ४० हजार रुपैयाँ स्वर्ण विजेतालाई भुक्तानी दिनु पर्नेमा प्राविधिक कारणले ३६ लाख २० हजार रुपैयाँ पहिलो चरणमा खेलाडीको खातामा पठाइएको हो ।

खेलाडीहरुलाई आ–आफ्नो खातामा सीधै नगद पुरस्कार रकम जम्मा गर्न विभिन्न १६ वटा बैंकहरुबाट भुक्तानी पठाउनु पर्ने भएकाले विवरण तयार गरी ‘एकाउन्ट डिटेल्स कन्फर्मेसन’ का लागि बैंकहरुमा पठाउदा खेलाडीहरुको बैंक विवरण फक परेको तथा विभिन्न बैंकहरु मर्ज भएका कारण पुरस्कार रकम ट्रान्सफर गर्न कठिनाइ भएकाले कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक मार्फत पहिलो चरणमा ३६ लाख २० हजार पुरस्कार खेलाडीको खातामा पठाइएको छ । बाँकी बैंकहरुबाट पठाउनु पर्ने खेलाडीको पुरस्कार यथाशाक्य रुजु गरी पठाउने प्रकृयामा रहेको छ । राखेपले बृहत राष्ट्रिय खेलकुदका स्वर्ण विजेतालाई पहिलो पटक सम्बन्धित खेलाडीको बैंक खातामा नगद पुरस्कार पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्