माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता



काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातामन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।

भेटमा श्रेष्ठले वर्तमान सरकारलाई साथ दिन आग्रह गरेको बुझिएको छ । सरकारलाई विश्वासको मत दिएपनि एकीकृत समाजवादी प्रतिपक्षको भूमिकामा छ ।

प्रतिक्रिया दिनुहोस्