ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १४०० रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला १२०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार भने घटेको हो ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि बिहिबार प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोकार भएकोमा शुक्रबार घटेर १ लाख ५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

लगतार बढेर नयाँ उचाई कायम गरेको सुनको मूल्य शुक्रबार भने केही घटेको हो ।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १३९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्