नवौं एक्सेल्सियर कप सुरु



काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे । सोही अवसरमा पारसले स्वयम्भूस्थित एक्सेल्सियरकै हातामा नवनिर्मित क्रिकेटको अभ्यासस्थल ‘क्रिक्सल’ को पनि उद्घाटन गरे ।

प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा रेडिअन्ट पक्लिब स्कुल, मोर्डन इन्डियन स्कुल (एमआईएस) र नेपालयले विजयी सुरुआत गरेका छन् । रेडिअन्टले पिपुल्स एकेडेमीलाई ४२–२८ ले पराजित ग¥यो । रेडिअन्टको जितमा सन्तोष शर्माले १२ अंक योगदान गरे । आयुश राईको १२ अंक सहयोगमा एमआईएसले पुष्पसदनलाई २१–२० को झीनो अन्तरले हरायो । नेपालयले एपेक्स लाइफ स्कुललाई १५–२ ले पाखा लगायो । नेपालयका निश्चल भण्डारीले ७ स्कोर गरे ।

गल्र्स बास्केटबलमा संस्कृतिले द चाँदबाग स्कुललाई २५–६, रिब्सले आयोजक एक्सेल्सियरलाई ७–६ र एमआईएसले न्यु इरालाई १७–६ ले पन्छाए । संस्कृतिकी रियाना महर्जनले ७, रिब्सकी हुमा लिम्बूले ४ र एमआईएसकी प्राची सिंहले ९ अंक जोडे ।

ब्वाइज फुटबलको यु–१२ मा संस्कृति र स्वस्तिश्री गुरुकुलले जित निकाले । संस्कृतिले रेडिअन्टलाई २–१ गोलले पराजित ग¥यो । संस्कृतिका रोजोल खतिवडा र सौरव कृष्णले १–१ गोल गरे । रेडिअन्टका रिजन बख्रालले १ गोल फर्काए । स्वस्तिश्रीले दोहोरो जित आत्मासात् ग¥यो । स्वस्तिश्रीले एक्सेल्सियरमाथि १–० को कठिन जित दर्ता ग¥यो । दिपसिङनर महर्जनले निर्णायक गोल गरे । अर्को खेलमा स्वस्तिश्रीले काभ्यालाई ३–० गोलले पराजित ग¥यो । विजेताका रिजन गुरुङले २ गोल गरे भने १ गोल आत्मघाती रह्यो ।

ब्वाइज फुटबलकै यु–१६ मा एनआईसी एकेडेमी र होली भिजनले सफलता पाए । एनआईसीले काभ्यामाथि ६–० को सहज जित रच्यो । एनआईसीका अनिश जोशीले ४ तथा वाङगेल गुरुङले २ गोल गरे । होली भिजनले हार्टल्यान्डलाई ५–४ गोलले पराजित ग¥यो । होली भिजनका प्रयासले ४ तथा सुशान्तले १ गोल गरे । हार्टल्यान्डका अनिश रोजराले २ तथा विकास गुरुङ र करन लामाले १–१ गोल गरे ।

फाइभ ए साइड फुटबलको ब्वाइज यु–१२ मा १४ टिम तथा यु–१६ मा १६ टिम सहभागी छन् । बास्केटबलतर्फ सिनियर ब्वाइज र गल्र्समा समान १३–१३ टिमले भाग लिएका छन् । प्रतियोगिता माघ २६ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्