२२ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार परिसूचक नेप्सेमा १.०४ प्रतिशतको गिरावट हुँदा २ हजार अंकको बिन्दुमा झरेको छ । ८ पुसमा १८६७.२१ अंकमा रहेको नेप्से १० पुसमा नयाँ सरकार गठनसँगै लगातार बढेर २५ पुसमा २२११.७७ अंकसम्म पुगेको थियो । त्यसपछि भने बजारमा उताचढाव देखिएपनि नेप्से घट्दै बिहिबार पुनः २१०० अंकको बिन्दुबाट तल झरेको छ ।

बिहीबार बजार परिसूचक नेप्से २२.१२ अंकले गिरावट हुदाँ २०९४.५४ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ भने कारोबार रकम पनि २ अर्बमा सीमीत भएको छ । बिहीबार सबै उपसूचकमा गिरावट हुँदा जीवन बीमा र हाइड्रोपावर उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । कारोबार रकममा पनि खासै उत्साह नभए पनि बुधबारको भन्दा केही बढेको छ ।

प्रतिक्रिया दिनुहोस्