मलेसियाका गृहमन्त्री नासुसन इस्माइल आज काठमाडौं आउँदै



काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै छन् । इस्माइल आज साँझ ७ बजे काठमाडौँ त्रिभुवन विमानस्थलमा आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इस्माइलको नेपाल भ्रमणका क्रममा थप कामदार पठाउने र त्यहाँ रहेका कामदारको सुरक्षा सुनिश्चित गर्ने विषयबारे छलफल हुने जनाइएको छ । मलेसियाले विभिन्न क्षेत्रका लागि करिब पाँच लाख नयाँ कामदार भित्र्याउने घोषणा गरेको सन्दर्भमा गृहमन्त्री इस्माइलले नेपाल र बंगलादेशसहित आफ्ना प्रमुख आप्रवासी कामदारका मुलुकको भ्रमण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्