सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस : गुजरातलाई स्वर्ण



काठमाडौं । भारतको गुजरात टेबलटेनिस एसोसिएसनले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बुधबार स्वर्ण जितेको छ ।

सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि. को मुख्य प्रायोजन तथा ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गुजरातले नेपाल प्रहरी क्लबलाई ३–० ले पराजित ग¥यो ।

डबल्समा गुजरातका भतासिन र भ्रिसिनको जोडीले विनेश खनियाँ र विपुल महर्जनको जोडीलाई ७–११, १२–१०, १३–११ र ११–९ को सोझो सेटमा पराजित गरे । सिंगल्समा सान्तोषले संयोग कपालीलाई १२–१०, ११–६, ८–११ र ११–७ को सेटमा हराए । अर्को सिंगल्समा भ्रिसिनले विपुललाई ११–६, ९–११, ११–४ र ११–९ ले पाखा लगाए ।

महिला टिम इभेन्टमा भने मंगलबार नेपाल प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित गर्दै स्वर्ण जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्